बैतडी : डिलाशैनीको केन्द्र बिबाद गाउँपालिकामै समाधान गर्न परिपत्र
जनक साउद–कार्तिक २३/ बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र बिबाद गाउँपालिकामै समाधान गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गाउँपालिकालाई परिपत्र गरेको छ । केन्द्र परिबर्तन सम्बन्धी निर्णय सम्बद्ध सरोकारवाला पक्षहरुसगं छलफल गरी बिबाद रहित तवरबाट केन्द्र बिबादको निरुपण गर्न गाउँपालिकालाई परिपत्र गरिएको हो । नेपाल सरकार मन्त्रि स्तरको कार्तिक १८ गते बसेको बैठकले बिबादको टुंगो लगाई स्थानिय सरकार सञ्चालन ऐन २०७४ को प्राबधान अनुसार प्रकृया अगाडी बढाउन अनुरोध गर्ने गरेको निर्णय बमोजिम बिबाद समाधानका लागी गाउँपालिकालाई परिपत्र गरेको बताईएको छ । २०७६ चैत्र ३ गते डिलाशैनी गाउँपालिकाको गाँउसभाले गरेको पालिकाको केन्द्र वडा नं ३ को पंसेरा तोक्ने निर्णयप्रति जनताको बिरोध रहेकोले सबैको पायक पर्ने गरी केन्द्र बिबाद समाधान गर्न भनी आएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार गाउँपालिकालाई परिपत्र गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पालिकाको केन्द्रको बिवाद समाधानका लागी परिपत्र गरेपछि डिलाशैनी न्यायीक आन्दोलन समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ ।
वडा नं ४ ५ र ७ मा गत चैत्रबाट लागेको ताला खोलिएको समितिले जनाएको छ । यस्तै गाउँपालिकाले गरेको बिभेदकारी निर्णय बिरुद्ध जनताको तिब्र बिरोध भएकोले उक्त निर्णय कार्यान्वय गर्न नसकिने भनी गाउँपालिकामै फाईल फिर्ता पठाउन भएको निर्णय आन्दोलन र जनताको भावनाको उच्च सम्मान भएको डिलाशैनी न्यायीक आन्दोलन समितिको ठहर छ ।