बैतडीका थप चार जनामा कोरोना पुष्टि, संक्रमीतको संख्या ४ सय ८४ पुग्यो
बैतडी–कार्तिक २३ / बैतडीका थप ४ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६३ जनाको परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी मोहन ठगुन्नाले जानकारी दिनुभएको छ । आज कोरोना पृष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय बैतडीका गाडी चालक ३५ बर्षीय १ जना प्रहरी जवान, हनुमान ध्वज गुल्म बैतडीमा कार्यरत १ जना ३६ बर्षीय नेपाली सेनाका जवान, सुर्नया गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका वडा नम्बर ९ का २२ बर्षीय १ जना पुरुष र दार्चुलाको लेकम गाउँपालिका ३ का २३ बर्षीय पुरुष रहेका छन । यो सगंै बैतडीमा संक्रमीतको संख्या ४ सय ८४ पुगेको छ ।