बैतडी : सघिंय सरकारको शसर्त अनुदान कार्यक्रमका लागी पाटनका २१ बिद्यालय छनौट
जनक साउद–कार्तिक २३ / बैतडीको पाटन नगरपालिकाका २१ ओटा बिद्यालयहरु सघिंय सरकारको शसर्त अनुदान अन्र्तगत बिभिन्न कार्यक्रमहरुका लागी छनौट भएका छन । चालु आर्थिक बर्षमा भौतिक संरचना निर्माण, बिज्ञान प्रयोगशाला स्थापना र शैक्षिक गुणस्तर सुधारका लागी छनौट भएको पाटन नगरपालिकाका प्रबक्ता लोकेन्द्र भण्डारीले जानकारी दिनुभएको छ । नगरपालिकाको वडा नम्बर १० मा रहेको कालीका माबि र वडा नम्बर ५ मा रहेको त्रिपुरेश्वर माबि गरी २ बिद्यालयहरुमा ४ कोठे भवनका लागी ३६÷३६ लाख बजेट बिनियोजन गरिएको छ ।
वडा नम्बर ५ मा रहेको भुमिराज आधारभुत बिद्यालय, वडा नम्बर ४ मा रहेको सहलिङ आधारभुत बिद्यालय, वडा नम्बर ९ मा रहेको सरस्वती आधारभुत बिद्यालय र वडा नम्बर ७ मा रहेको जयपुर आधारभुत बिद्यालय गरी ४ बिद्यालयहरुमा शौचालय निर्माणका लागी ७÷७ लाखका दरले बजेट बिनियोजन गरिएको छ । नगरपालिकाको वडा नम्बर १० मा रहेको सरस्वती माबि र वडा नम्बर ४ मा रहेको भुमेश्वर माबि गरी २ बिद्यालयहरुमा बिज्ञान प्रयोगशाला स्थापनाका लागी ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरिएको छ । वडा नम्बर ७ मा रहेको उदयदेब माबि, वडा नम्बर ३ मा रहेको गौरी संकर माबि र वडा नम्बर ६ मा रहेको कृष्ण माबि गरी ३ बिद्यालयमा पुस्तकालय स्थापनाका लागी ६ लाख ५० हजार कै दरले बजेट बिनियोजन गरिएको छ । यस्तै नगरपालिकाको वडा नम्बर १ मा रहेको शिद्देश्वर माबि र वडा नम्बर ८ मा रहेको जनता माबिमा आईसिटि ल्याब स्थापनाका लागी ६ लाख ५० हजाका दरले बजेट बिनियोजन भएको छ ।
अङग्रेजी, गाणित र बिज्ञान बिषयको कृयाकलापमा आधारित किट्स खरिनकन लागी वडा नम्बर ५ मा रहेको उदयदेब आधारभुत बिद्यालय, वडा नम्बर २ मा रहेको महेश्वर आधारभुत बिद्यालय र वडा नम्बर ३ मा रहेको नबदुर्गा आधारभुत बिद्यालय छनौट भएका छन ।तीन ओटै बिद्यालयहरुमा ५० हजारका दरले बजेट बिनियोजन गरिएको छ । यस्तै कार्य सम्पादनमा आधारित शैक्षिक गुणस्तर सुधारका लागी बिभिन्न ५ ओटा बिद्यालयहरु छनौट भएका छन ।
वडा नम्बर ६ मा रहेको सहसलिङ आधारभुत बिद्यालयm वडा नम्बर ७ मा रहेको भुवनेश्वर आधारभुत बिद्यालय, वडा नम्बर २ मा रहेको बाराघर आधारभुत बिद्यालय, वडा नम्बर १ मा रहेको दुर्गा बेताल आधारभुत बिद्यालय र वडा नम्बर ३ मा रहेको सरस्वती केदार आधारभुत बिद्यालय बिद्यालय छनौट भएका छन । पाचँ औटै बिद्यालयहरुमा ५० हजारका दरले बजेट बिनियोजन गरिएको छ । बिभिन्न कार्यक्रममा लागी छनौट भएका बिद्यालयहरुलाई नगरपालिकाको शिक्षा युवाँ तथा खेलकुद शाखामा सम्र्पक गर्न नगरपालिकाले आग्रह गरेको छ ।