बैतडीमा जीप र्दुघटना, १ को मृत्यु, १ घाईते
बैतडी–कार्तिक २२ / बैतडीमा जीप र्दुघटना हुदा १ जनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडाबाट वडा नम्बर २ को कफलकोट तर्फ जादै गरेको ग १ ज ५१९२ नम्बरको जीप शनिबार साझ ७ बजेको समयमा र्दुघटना हुदाँ दोगडाकेदार गाउँपालिका २ कफलकोट बस्ने ३३ बर्षीय बिर बहादुर कुवँरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । यस्तै र्दुघटनामा सोही गाउँपालिकाको वडा नम्बर ३ श्रीकोटका २५ बर्षीय दीपक चन्द सामान्य घाईते भएका छन । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी सहायक निरिक्षक मोती सिह बमको कमाण्डमा ५ जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ । घटनाको कारण भने खुल्न सकेको छैन ।घटनाको बिस्तृत जानकारी आउन बाकी छ ।