बैतडीका बिभिन्न ठाउँमा हात धुने स्टेशन स्थापना
बैतडी–कार्तिक २२ / कोरोना भाईरस कोभिड १९ को संक्रमण बढदै गएको अबस्थामा बैतडीका बिभिन्न ठाउँमा हात धुने स्टेशन स्थापना गरिएका छन् । मानिसहरुको बढी भिडभाड हुने बिभिन्न स्थानमा हात धुने स्टेशन स्थापना गरिएका हुन । अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरिरहेको सरसफाईका लागि व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत हात धुने स्टेशन स्थापना गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो ।दशरथचन्द नगरपालिकाका विभिन्न १३ ठाउँमा हात धुने स्टेशन स्थापना गर्ने लक्ष्य रहेको र तत्कालका लागि शाहीलेक, गोठलापानी र गढीमा ती स्टेशन सञ्चालनमा आएका छन ।
खुट्टाले चलाउँदा पानी र हेण्डवास जेल आउने व्यवस्था सहित हात धुने स्टेशनमा ५ सय लिटरको पानी ट्यांकी राखिएको छ । कोरोना भाईरसको जोखिमबाट बच्नका लागि साबुनपानीले मिचिमिचि हात धुने बानीको विकास गर्नका लागि हात धुने स्टेशन स्थापना गरिएका बताइएको छ ।