बैतडीः ३२ जनाको कोरोना परीक्षण, दुई जनाको रिपोर्ट पोजिटिभ
कात्तिक-२०/ बैतडीका थप एक जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा रहेको पिसिआर प्रयोगशालमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारि दिनुभएको छ । संक्रमण पुष्टि हुनेमा जिल्ला दशरथचन्द नगरपालिका वडा नं १० २५ वर्षिय पुरुष रहेका उहाँले बताउनुभयो । ३२ जनाको परीक्षण भएको दनपाका दुइ जनाको रिपोर्ट पोजिटिभ आएको उहाँको भनाई छ । उहाँले दिएको जानकारि अनुसार पोजिटिभ दुइ जना मध्ये दशरथचन्द नगरपालिका १० का पुरुषको पहिलो रिपोर्ट हो भने वडा नं ४का पुरुषको कोरोना संक्रमण पुष्टि भएपश्चातको यो दोस्रो रिपोर्ट हो । आज थप एकजनामा संक्रमण देखिए संगै जिल्लामा कुल कोरोना संक्रमितको सङख्या ४ सय ७९ पुगेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ ।