बैतडीमा माटो परीक्षण सेवा शिबिर सञ्चालन हुने

जनक साउद–कार्तिक १९/  बैतडीमा माटो परीक्षण सेवा शिबिर सञ्चालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना प्राबिधिक जोन ईकाई कार्यालय बैतडीको आयोजनामा माटो परीक्षण शिबिर सञ्चालन हुने भएको हो । माटो परीक्षण शिबिरमा किसानहरुलाई आफ्नो बारीको बाटो परीक्षण गर्न हुन कार्यालयले आग्रह गरेको छ । यही कार्तिक २५ गते प्राबिधिक जोन ईकाई कार्यालय देहीमाण्डौ बैतडीमा माटो परीक्षण सेवा शिबिर सञ्चालन हुने प्राबिधिक जोन ईकाई कार्यालय बैतडीका कृषि प्राबिधिक भावना भट्टले जानकारी दिनुभएको छ ।

No description available.

माटो परीक्षण प्रयोगशाला सुन्दरपुर महेन्द्रनगर कञ्चनपुरको टोलीले शिबिरमा सेवा दिने उहाँले बताउनुभयो । बैतडीमा माटो परीक्षण नहुदा कुन माटो के लगाउने भन्ने अन्यौलता किसानहरुलाई रहेको छ । शिबिरबाट माटो परीक्षण पश्चात माटोमा भएको अम्लिय तथा क्ष्यारियापन पत्ता लाग्ने र किसानहरुलाई सहज हुने कृषि प्राबिधिक भट्टको भनाईको छ ।

 यस्तै बाली हुर्काउनका लागी कुन माटोमा कुन मलको कमी छ र सन्तुलन कायम राख्न कुन मलको प्रयोग गर्न सकिन्छ भन्ने कुरा माटो परीक्षणबाट थाहा हुने छ । माटो परीक्षण नगरीदा किसानहरुले खेतीयोग्य जमिनमा पनी सोचे अनुसारको उत्पादन गर्न सकिरहेका छैनन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.