बैतडीका थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या ४सय७८ पुग्यो
कात्तिक- १९/ बैतडीमा कोरोना संक्रमितको सङख्या ४ सय ७८ पुगेको छ । जिल्लाका थप ४ जनामा कोरोना पुष्टि भए संगै कोरोना संक्रमितको सङख्या ४ सय ७८ पुगेको हो । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बुधबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पातलको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा थप चार जना महिलामा बुधबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारि दिनुभएको । बुधबार संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिकाका १० बर्षीया बालीका देखि २७ वर्ष उमेर समुहका ४ महिला रहेका बताइएकाे छ ।
संक्रमण पुष्टि भएका चारैजनाको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु आइसोलेसनमा बसीरहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । यो संगै बैतडीमा कुल कोरोना संक्रमितको सङख्या ४ सय ७८ पुगेको छ । ४७८ मध्ये ४ सय ६५ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्युभइसकेको छ ।
यस्तै अब बैतडीमा ११ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । पाटन नगरपालिकामा ६, दशरथचन्द नगरपालिकामा ४ र सुर्नया गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका कोभीड १९ सम्पर्क व्यक्ति जोशीले बताउनुभयो ।