तिहारलाई लक्षित गर्दै बैतडीमा बिशेष सुरक्षा योजना ,सादा पोसाकमा प्रहरी परिचालन 

जनक साउद–कार्तिक १८/  आउदै गरेको तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले बिशेष सुरक्षा योजना बनाएको छ । तिहारको समयमा बिभिन्न अपराधिक घटनाहरु बढ्ने भएकोले बिशेष सुरक्षा योजना बनाईएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । तिहारको बेला मानिसहरुको जमघट बढी भएर जुवातास तथा बिभिन्न बिस्पोटक पदार्थहरुका कारण बिभिन्न घटनाहरु हुने गरेकोले त्यसको नियन्त्रणका लागी बिशेष सुरक्षा योजना अन्र्तगत प्रहरी परिचालन गरेको उहाँको भनाई छ ।

गत बिगतका बर्षहरुमा तिहारको समयमा बिभिन्न सामाजिक अपराधका घटनाहरु भएको कुरालाई मध्यनगर गर्दे तिहार लक्षित सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको हो । जिल्लामा बढी जुवातास हुने क्षेत्रहरुमा सादा पोसाकमा पनी प्रहरी परिचालन गरी सुचना संकलन गर्ने काम भईरहेको छ । जुवातासका कारण बिभिन्न समस्याहरु निम्त्तिने भएकोले तिहारमा प्रहरीको मुख्य लक्ष्य जुवातास नियन्त्रण रहेको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । “हामीले दशै लक्षित सुरक्षा योजना बनाएका थियौ त्यसैलाई निरन्तरता दिदै तिहार लागी पनी बिशेष सुरक्षा योजना छ ।”उनले भने । खास गरी तिहारको समयमा पटका लगायतका बिस्पोटक पदार्थहरुसगं नखेल्न प्रहरीले आग्रह गरेको छ ।

बिस्पोटक पदार्थहरुसगं खेल्दा मान्छेहरु अगंभगं भई ज्यानै समेत गएका घटनाहरु रहेकोले सचेत हुनुपर्ने प्रहरीको भनाई छ । यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीले ब्यापारीहरुलाई पनी त्यस्ता बिस्पोटक पदार्थहरुको कोरोबार नगर्न आग्रह गरेको छ । अहिले कोरोना महामारीका कारण भारतसगं सिमा जोडिएका बैतडीका नाकाहरु बन्द रहेकोले महाकाली नदीमा ट्युब मार्फत अबैध रुपमा बिस्पोटक पदार्थहरु भित्रने सक्ने भएकोले सिमानाकाहरुमा प्रहरीले निगरानी बढाएको छ । प्रहरीको आग्रहको अबज्ञा गर्दै तिहारको समयमा सामाजिक अपराध हुने खालका गतिबिधिहरु गरेमा कानुन बमोजिम कार्बाही हुने प्रहरीले जनाएको छ । यस बर्षको तिहार अर्थात भाईटिका मंसिर १ गते परेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.