बैतडीमा प्रहरी द्वारा १ लाखको अवैध सामान बरामद
कात्तिक -१७/ जिल्ला प्रहरी बैतडीले भारतबाट ल्याईएको १ लाख बराबरको अवैध सामान बरामद गरेको छ । विश्व महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण सीमानाका बन्द रहेका अवस्थामा ट्युबमार्फत महाकाली नदी तारेर ल्याइएको अवैध सामान सदरमुकाम गोठलापानी बजार नजिकबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नाय उपरीक्षक नारायण प्रशाद अधिकारिले जानकारि दिनुभएकाे छ ।
उहाँका अनुसार सु.प.प्र.००१ ज १२३१ नं को जिपमा लुकाई छिपाइ ल्याउदै गरेको ६ पेटी सलाई, ७ बोरा चप्पल र २ वटा जिपको टायर गरि १ लाख मुल्यबराबरका समान बरामद गरिएको हो । प्रहरी चौकी थालिगडाबाट प्रहरी सहायक निरीक्षक जयसिंह भाटको नेतृत्वमा खटिएको गस्ती टोलीले चेकिङका बेला सामान बरामद गरेको भएपनि मानिस भने फरार रहेका प्रहरीले जनाएको छ ।सामान कसको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बरामद गरिएको सामान, जिप र चालकलाई भने आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरी नायब उपरीक्षक अधिकारिले बताउनुभएको छ ।