समाजसेबी चन्दको पहलमा बिपन्नलाई खाद्यान्न
जनक साउद–कार्तिक १७/ दशरथचन्द नगरपालिका भित्रका एक सय गरिब परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कार्नेबल रेस्टुरेण्ट एण्ड मिटिङ प्रालीका सञ्चालक नितेस चन्द र सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको पहल तथा बिभिन्न समाजसेवीहरुको सहयोगमा नगरपालिका भित्रका गरिब परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको हो । लामो समयको कोरोना महामारीका कारण छाक टार्न समस्या भएका परिवारहरुलाई प्रति परिवार २५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ प्याकेट खानेतेल बितरण गरिएको समाजसेबी एबंम सहिद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दले जानकारी दिनुभएको छ ।
नगरपालिका भित्रका ११ ओटै वडाहरुबाट अति बिपन्न एक सय परिवार छनौट गरि खाद्यान्न सहयोग गरिएको हो । समाजसेबी चन्द र कार्नेबल रेस्टुरेण्ट एण्ड मिटिङ प्रालीका सञ्चालक चन्दको बिशेष पहलमा दानी चन्द, लिला चन्द, ललीत चन्द, निर्मला भट्ट र युवा ब्यबसायी बशन्त चन्दको आर्थिक सहयोगमा उक्त खाद्यान्न सामाग्री दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्र सिह थापा र नगर उपप्रमुख मिना चन्दले गरिब परिवारहरुलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै जिल्ला अस्पताल बैतडीलाई पनी बिभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गएको अबस्थामा स्वास्थ्यकर्मीहरुलाई केही मात्रामा भए पनि सहज होस भन्ने उदेश्यले एन ९५ मास्क ६० थान र ६० थान फेस सिल्ड बितरण गरिएको हो ।
जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर र जेनेरेटरको पनी अभाब रहेकोले सहयोग गर्नको लागी आफुहरुले पहल गर्ने बताएको समाजसेबी एबंम सहिद दशरथचन्द स्मृति प्रतिष्ठान अध्यक्षका चन्दले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख समेत रहेका सामाजिक क्षेत्रमा अग्रसर चन्दको पहलमा बेला बेला बिपन्नहरुले राहत पाउदै आएका छन ।