बैतडीको पाटनमा ६० दिने सिप विकास सम्बन्धी तालिम सञ्चालन

कात्तिक- १७/ बैतडीमा सिप विकास सम्बन्धी तालिम सञ्चालन भएको छ । कृषक सेवा केन्द्र पाटन बैतडीको पहल तथा एन एफ एफ नेपाल र एफ एस सि रुपन्देहिको आर्थिक सहयोगमा मैनबत्ती र अगरबत्ती उत्पादन सम्बन्धी जिल्लाको पाटन नगरपालिका वडा नं ६ मा  ६० दिने तालिम सञ्चालन भएको हो ।

बेरोजगार युवा युवतीहरुलाई लक्षीत गरेर दूई महिने तालिम सञ्चालन गरिएको कृषक सेवा केन्द्र पाटन बैतडीकी अध्यक्ष मनीसा महराले जानकारि दिनुभएको छ । तालिममा २० जना युवा युवती को सहभागिता रहेको छ । सिपविकास गरेर आय आर्जनमा वृद्धी गराउने हेतुले सञ्चालन गरिएको ६० दिने तालिममा जिल्ला भित्रका १२ जना युवती र ८ जना युवा गरि २० जनाको सहभागिता रहेको संस्थाका सचिब निराजन मडैले जानकादिनु भएको छ ।

कोरोना महामारिले देशमा बेरोजगारि ह्वात्तै बढेका बेला सिप सिकेर आत्मनिभर्र हुन सकुन भन्ने धेयले युवा लक्षीत सिपविकास तालिम सञ्चालन ल्याइएको उहाँको भनाई छ । सिप सिकौ स्वरोजगार बनौँ भन्ने कुरालाई मन्न गर्दै फुर्सदको समयमा पनि समयको सदूपयोग गर्दै सिकेको सिप बाट आर्थिक अवस्था सुदृढीकरणमा मद्दत पुगोस भनेर तालिम सञ्चालन गरिएको सचिब मडैको भनाई छ ।

तालिमम पश्चात तालिममा सहभागिहरुलाई सिप सिकेर आत्मनिर्भर बन्न टेवा पुग्ने अपेक्षा गरिएको छ । तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई मैनबत्ती र अगरबत्ती सम्बन्धी तालिम बसन्ती धामिले दिइरहेकी छन । तालिममा सहभागिहरुलाई मैनबत्ती र अगरबत्ती उत्पादन विधि, कच्चा पदार्थको प्रयोग कसरि गर्ने , कसरि बनाउने, बनाउदा कुन कुन मेसिन प्रयोग गर्ने उत्पादीत बस्तुको बजारिकरण गर्ने तरिका बारेमा समेत तालिम प्रदान भइरहेको प्रशीक्षक धामिले बताउनुभयो ।

कात्ति १७ देखि सञ्चालन भएको तालि पुस १७ गते सम्म सञ्चालन रहने कृषक सेवा केन्द्र पाटन बैतडीले जनाएको छ । यस्तै तालिम उद्घाटन कार्याक्रमम बोल्नु हुदै पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले सिपविकास तालिमनै आत्मनिर्भर बन्ने अधार रहेको बताउनुभएको छ ।

तालिमको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। युवा लक्षीत स्वरोजगार मुलक  कार्यक्रम नगरपालिकाले पनि प्राथमिकतामा राखेको बताउदै उनले सिपविकास सम्बन्धी तालिम सञ्चालनका लागि बजेटको व्यवस्था गरिने बताएकी छन ।

कृषक सेवा केन्द्र पाटनले आयोजना गरेको तालिम उद्घाटन कार्यक्रममा नगरउप्रमुख सरस्वती कोली , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण दत्त पन्त , कृषि शाखा प्रमुख महेश दत्त अवस्थी , वडा नं ६का वडा अध्यक्ष राजेन्द्र विष्टको उपस्थीती रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.