बैतडीका थप ४ जनामा कोरोना पुष्टि,,आइतबार थप ६ जना डिस्चार्ज भए
जनक साउद–कार्तिक १६/ बैतडीका थप ४ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आज कोरोना देखिनेमा पाटन नगरपालिकाकी ३० बर्षीय महिला १ महिला, दशरथचन्द नगरपालिकाका ३१ बर्षीय २ जना पुरुष र सुर्नया गाउँपालिकाका २८ बर्षीय १ पुरुष रहेका छन । यो सगंै जिल्लामा कोरोना संक्रमीतको संख्या ४ सय ७२ पुगेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभयो ।
आईतबार थप ६ जना निको भएर डिस्चार्ज भएको छन । आज कोरोना जितेर घर फर्कनेमा मेलौली नगरपालिकाका २० बर्षीय महिला र ३५ बर्षीय पुरुष गरी २ जना, डिलाशैनी गाउँपालिकाका २० र २४ बर्षीय पुरुष गरी २ जना, पञ्चेश्वर गाउँपालिकाका २६ बर्षीय १ पुरुष र शिबनाथ गाउँपालिकाकी ५४ बर्षीय १ महिला रहेकी छन । अब आईतबार थपिएका ४ जना सहित जिल्लामा अब ६ जना सक्रिय संक्रमीत रहेका छन ।
यस्तै जिल्लामा तत्कालका लागी कोरोनाका शुन्य सक्रिय संक्रमीत हुने पालिकाको संख्या ६ पुगेको छ । पाटन नगरपालिकामा र दशरथचन्द नगरपालिकामा २÷२ जना र सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिका १÷१ जना सक्रिय संक्रमीत रहेका छन । यी बाहेक ६ ओटा स्थानिय तहहरु तत्कालका लागी शुन्य सक्रिय संक्रमीत स्थानिय तह बनेका हुन ।