बैतडीका अधिकासं ठाउँमा गहु छर्ने काम सम्पन्न
जनक साउद–कार्तिक १६/ बैतडीका अधिकासं ठाउँमा गहु छर्ने काम सम्पन्न भएको छ । बर्खेबाली थन्क्याएर बैतडीका किसानहरु अहिले गहु छरिरेहका हुन । जिल्लाको दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका , दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका लगायतका स्थानिय तहहरुमा गहुँ छर्ने काम सम्पन्न भएको किसानहरुले बताएका छन । भने अन्य स्थानिय तहहरुमा पनी धमाधम गहुँ छर्ने काम भईरहेको छ ।
बर्खेबाली अन्र्तगत मकै, भटमास र धान थन्क्याएर अहिले किसानहरु हिउँदेबाली लगाईरहेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । हिउँदे बाली अन्र्तगत अहिले किसानहरुले गहुँ, मसुरो, तोरी र मटर लगायतका बालीहरु लगाउने काम भईरहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्ण बहादुर चन्दले जानकारी दिनुभएको छ । अहिले जिल्ला भरिमा लगभग ६० प्रतिशत हिउँदे बाली लगाउने काम सम्पन्न भएको उहाँले बताउँनुभयो ।
यो बर्ष गहुँ उत्पादन राम्रै हुने अनुमान गरेको भए पनि अहिले पानी नपरेकोले केही ह्रास आउन सक्ने उनको भनाई छ । जिल्ला भरिमा २१ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुने गरेकोमा अहिले घटेर १७ हजार २ सय हेक्टर क्षेत्रफलमा मात्रै गहुँ खेती हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । पहाड छाडेर तराईतिर बसाई सर्ने प्रबृति तथा जगंली जनावरहरुको आतंकले किसानहरुले गहुँ लगाउन छाडेको जानकारहरुको बुझाई छ । अहिले अन्य रोजगारीको खोजीमा अधिकासं किसानहरुले खेतीयोग्य जमिन बाझो छाड्ने गरेको पाटन नगरपालिकाका पुर्ब कृषि अधिकृत कृष्ण चन्दले जानकारी दिनुभएको छ ।