बैतडीका दुई स्थानिय तहमा आजबाट बिद्यालयहरु सञ्चालनमा
बैतडी–कार्तिक १६/ बैतडीका दुई स्थानिय तहहरुमा आजबाट बिद्यालयहरु सञ्चालनमा आएका छन। कोरोना भाईरसको संक्रमण कम हुदै गएको भन्दै जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाले आजबाट बिद्यालयहरु सञ्चालन गरेका हुन । नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि बन्द गरिएका बिद्यालयहरु स्वास्थ्य सुरक्षाका आबश्यक मापदण्डहरु पालना गर्दै आजबाट सञ्चालनमा आएको पुर्चौडी नगरपालिकाका शिक्षा संयोजक दिनेश नगारीले जानकारी दिनुभएको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले मा.बि. स्तरमा जोर बिजोर रोलनम्बर प्रणालीबाट बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्धारा जारी गरिएको बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ तथा बिद्यालय शिक्षा सम्बन्धि आकस्मित कार्ययोजना २०७७ को परिधि भित्र रहेर स्वास्थ्य मापदण्डको पालना गर्दै बिद्यालयहरु सञ्चालन भएको उहाँको भनाई छ । यस्तै मेलौली नगरपालिकामा पनी स्वास्थ्य सुरक्षाका आबश्यक मापदण्डहरु पालना गर्दै बिद्यालय सञ्चालनमा आएको मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझाले जानकारी दिनुभयो । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका तथा वडा कार्यालयहरुको कामकाज सगंै लामो समयपछि सञ्चालनमा आएका बिद्यालयहरु पनि बन्द गरिएका थिए ।