नगरपालिका र रुडेसले बुझ्यो तिरका किसानको पीर, लिप्ट प्रविधिबाट तानि, खेतमा महाकालीको पानी

कात्तिक- १६/ बैतडीको दशरथचन्द नगरपालिका १० तिरमा पानी पुगेको छ । ग्रामिण बिकास तथा बातावरण व्यबस्थापन समाज (रुडेस) बैतडी र दशरथचन्द नगरपालिकाको संयुक्त लगानीमा तिरमा लिफ्टिङ प्रबिधिबाट महाकाली नदीको पानी पुगेको हो ।

बर्षो देखि पानीको अभावमा सिचाई सुविधाबाट बञ्चित तिरका स्थानियहरुलाई महाकालीको पानी पुगे पछि सहज भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोबिन्द राज जोशीले जानकारी दिनुभएको छ । टोसा कार्यक्रम अन्तरगत १५ लाख ८५ हजारको लागतमा पानी तिरमा पुगको उहाँले बताउनुभयो । पहिलो पटक महाकालीको पानि स्थानिय किसानहरुले सिचाइमा प्रयोग गर्न थालेका छन ।

जिल्लाको नगरपालिका वडा नंः १० को तिरखडेनीमा महाकाली नदीबाट पानि तानेर खेतहरुमा सिचाँइ गर्न थालिएको हो । महाकाली नदीबाट लिप्ट सिचाइ योजना सम्पन्न भएपछी त्यहांका बाझा खेतहरुमा हरीयाली छाउन थालेको छ । नेपाल भारत सिमानामा सुसाएर महाकाली बगेपनी नेपाली सिमाना महाकाली किनारका खेतहरु भने सिचाँइका लागी पानि नहुदा बर्षौ देखि बाझैँ थिए ।

दशरथचन्द नगरपालिका वडा नंः १० तिरखडेनीमा सिचाँइकै अभावमा खेतहरु घाँसे मैदानमा परिणत भएका थिए । महाकाली नदीको पानी खेतमा पुगेपछी किसानहरु तरकारी फलाउन र गहुं छर्नमा ब्यस्त छन भने कल्पना नै नगरेको तिरखडेनीमा रोपाइ गर्न पाउने भएपछी हर्षित भएका छन । आकासे पानीकै भरमा खेती गर्ने त्यहांका किसानहरुले अहिले बारीमा तरकारी समेत फलाएका छन ।

लिप्ट सिचाइ योजना सम्पन्न भएपछी अब त्यहांका बाँझा खेतहरुमा रोपाइ गर्न सकिने र तरकारी उत्पादन गरि त्यहाँका किसानहरुको जिवनस्तरमा समेत सुधार हुने नगरपालिकाको बिश्वास छ । ७५ मिटर भर्टिकल हाइट र १३ सय मिटर लम्बाइ रहेको यो लिप्ट सिचाँइ योजनाले तिरखडेनी गाउंको १८ सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा सिचाइ हुनेछ भने झण्डै ४ सय परिवार यस योजनाबाट लाभान्बित हुनेभएका छन । महाकाली किनारमा मोटर चलाएर ७५मिटर उचाइ र १३ सय मिटर लम्बाइ पार गरेर तिरमा पानी पु¥याइएको छ ।

खेतमा पानी पुगे पछि बाँझो रहेको जमिनमा खेतीपाती गर्न सहज भएको भन्दै स्थानियहरु हर्षित भएका छन । पानीको व्यवस्थापछि अब तिरको १८ सय भन्दा बढी रोपनी खेतमा सिचाइ गर्न सजिलो भएको छ । खेतहरुमा पानीको सुविधा पश्चात किसानहरुलाई सिचाइका लागि सजिलो भएको छ । पानी अभावले घाँसे मैदानमा परिणत भएका तिरका किसानका खेतहरु अब हराभरा हुनेभएका छन । पानीको व्यवस्थापछि आफहुरुलाई खेतीपाती गर्न सहज भएको स्थानिय लक्ष्मण बुडालले बताउनुभयो । बाँजो खेतमा पानि पुगेपछि किसानहरु खुसिले गदगद भएका छन ।

महाकाली पारि हरियालि, वारी सुक्का खडेरि भएको भन्दै चिन्तीत रहेका किसानहरुको मुहारमा तिरखडेनिमा पानी पगुेपछि खुसियालि छाएको छ । बिजुलिको प्रयोग गरेर लिफ्टिङ प्रबिधिबाट महाकाली नदीको पानी तिरमा पुगेपछि ४ सय घरधुरीका सदस्यहरुको मुहारमा खुसियालि छाएको हो  योजना सम्पन्न पश्चात दशरथचन्द नगरपालिकाकी उपप्रमुख मिना चन्द र रुडेस बैतडीका प्रमुख तथा पदाधिकारिहरु लगायतको टोलीले बिहिबार उक्त ठाउँको अनुगमन गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.