बैतडीः थप ६ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको सङख्या ४ सय ६० पुग्यो

कात्तिक- १५/ बैतडीका थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार दशरथचन्द नगरपालिकाका ६ जना डिस्चार्ज भएका हुन ।

दरशथचन्द नगरपालिकामा रहेका ६ जना संक्रमित कोरोनाका संक्रमित शनिबार डिस्चार्ज भएका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ । शनिबार ६ जना डिस्चार्ज भएसंगै जिल्लामा कोरोनाबाट निको हुनेको सङख्या ४ सय ६० पुगेको छ ।

बैतडीमा अहिले सम्म ४ सय ६८ जनामा कोरोना संक्रमण देखिएकोमा ४ सय ६० जना निको भएका छन भने एक जनाको मृत्यु भइसकेको छ । बैडीका कोभिड १९ सम्पर्क व्यक्ती जोशीका अनुसार अब जिल्लामा कोरोनाका सक्रिय संक्रमित ८ जना मात्रै रहेका छन । मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकामा २÷२ जना, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय कोरोनाका संक्रमित रहेका उहाँले बताउनुभयो ।

त्यस्तै बैतडीका चार स्थानियतहमा शुन्य कोरोनका संक्रमित रहेका छन । हाललाई जिल्लाको शरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका ,सुर्नया गाउँपालिका र सिगास गाउपालिकामा त्तकालका लागि कोरोना सक्रिय संक्रमित शुन्य रहेका हुन । जिल्लाको दशरथचन्द नगरपालिकामा ७० जनामा कोरोना पुष्टिभएकोमा सबैजना निको भइसकेका छन

यस्तै सुर्नया गाउँपालिकामा ३४ जनामा कोरोना पुष्टि भएकोमा सबैजनाले कोरोना जितेका हुन । सिगास गाउँपालिकाका ५५ जनामा कोरोना संक्रमण पुष्टिभएकोमा अहिले सबैजनालाइ सन्चो लागि सेकोको गाउँपालकाले जनाएको छ । यस्तै पुर्चौडी नगरपालिकाका २० जनामा कोरोना पुष्टिभएको मा १९ जना निकोभएका छन भने १ जनाको कोरोनाका कारण मृत्युभइसकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.