बैतडीः पुर्चौडी नगरपालिकामा कार्तिक १६ गतेबाट बिद्यालयहरु पुःन सञ्चालन हुने

कात्तिक -१४/ बैतडीको पुर्चौडी नगरपालिका भित्रका बिद्यालयहरु कार्तिक १६ गतेबाट पुःन सञ्चालन हुने भएका छन । नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि बन्द गरिएका बिद्यालयहरु स्वास्थ्य सुरक्षाका आबश्यक मापदण्डहरु पालना गर्दै सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक दिनेश नगारीले जानकारी दिनुभएको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले मा.बि. स्तरमा जोर बिजोर रोलनम्बर प्रणालीबाट बिद्यालय सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाई छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्धारा जारी गरिएको बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ तथा बिद्यालय शिक्षा सम्बन्धि आकस्मित कार्ययोजना २०७७ को परिधि भित्र रहेर स्वास्थ्य मापदण्डको पालना गर्दै बिद्यालयहरु सञ्चालन गर्न वडा कार्यालयहरुलाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । यस अघि असोज ७ गतेदेखि समयपछि सञ्चालनमा आएका बिद्यालयहरु एक जन कोरोना संक्रमतिको मृत्यसभएपछि बन्दभएका थिए । असोज ७ बाट बन्दभएका विद्यालय पुन असोज ११ गतेबाट बन्द भएका थिए भने असोज २२ बाट फेरि खुलेका थिए । विचमा बन्दरहेका विद्यालय कात्तिक १६ गते बाट पुनः सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको हो । पुर्चौडी नगरपालिकामा रहेका ७५ सामुदायिक र ३ संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.