बैतडीको मेलौलीमा गरिएको बन्दाबन्दी खुल्याे
बैतडी–कार्तिक १२ / बैतडीको मेलौली नगरपालिकामा गरिएको बन्दाबन्दी खुलेकाे छ । नगरपालिकामा कार्यरत कर्मचारिमा कोरोना पुष्टि भए पछि गत असोज १८ गतेबाट जारी बन्दाबनदी बुधबारबाट खुलेको हो । संक्रमितको सम्पर्कमा आएका व्यक्तीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमणको अवस्था सामान्य रहेकाले बुधबारबाट बन्दाबन्दी खोलीएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभएको छ ।
सम्पुर्ण सार्वजनिक कार्यालय ,ब्यापार , व्यवसाय यातायात समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सञ्चालन गर्ने गरि लामो समयको बन्दाबन्दी खोलीएको उहाँले बताउनुभएको छ । बन्दाबन्दी खुलेसंगै नगरपालिकाका वडा कार्यालय लगायतका सम्पुर्ण कार्यालयबाट प्रदान हुने सेवा सञ्चालनमा आएका छन । यस्तै सम्पुर्ण बिद्यालयहरुको बैकल्पीक शिक्षाका कक्षाहरु र्पुववत रुपमा सञ्चालन हुने बताइएको छ ।नगरपालिकामा लामो समयदेखि बन्दाबन्दी हुदा नगरपालिकाबाट प्रवाह हुने सेवाहरु प्रभावित भएका थिए । कोरोना संक्रमणको अबस्था सामान्य भएपछि बन्दका कारण प्रभावित भएको जनजिवन पनी सहज बनेको छ ।