बैतडी मैलौलीः खुल्ला भलिबल प्रतियोगिता सम्पन्न, राजुराइ जिङ स्टार तितापइ प्रथम

कात्तिक-१२/ बैतडीको मैलौलीमा जारि खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । यहि कार्तिक ८गतेदेखि जारि भलिबल प्रतियोगिता मंगलबार सम्पन्नभएको हो ।

दशैं तिहारको उपलक्ष्यमा भएको खुल्ला भिलिबल प्रतियोगितामा राजुराइ जिङ स्टार तितापइ प्रथम भएको छ । खेलमा सहभागि ८ टिमलाई पछि पार्दै राजुराइ जिङ स्टार तितापइ क्लब प्रथम भएको हो । यस्तै द्धीतिय केदार नाथ झुरकाँडि भएको छ भने तृतिय अयोजक समेत रहेको चमकदे समाजसेवा युवा क्लब मेलौली ७ गाउँकोट भएको हो ।

प्रतियोगितामा प्रथम द्धीतिय र तेस्रो स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कार सहित ट्रर्फि, मेडल र प्रमाण प्रदान गरिएको छ । प्रथम टिमलाई नगद १० हजार , द्धीतियलाई सातहजार, तृतियस्थान हासिल गर्ने टिमलाई ५ हजार ट्रफि, मेडल सहित प्रमाणपत्र प्रदान गरिएको चमकदे समाजसेवा युवा क्लब मेलौली ७ गाउँकोटका अध्यक्ष राजबहादुर चन्दले जानकारिदिनुभएको छ ।

एक कार्याक्रममका विच उनिहरुलाई नगत पुरुस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो । यस्तै खेलमा उत्कृष्ट खेलाडिहरुलाइ पनि घोषित गरिएको छ । उत्कृष्ट बलरमा केदार नाथ झुरकाँडिका बिक्रम साउद, उतकृष्ट लिपटरमा केदानाथकै विक्रम साउद र उत्कृष्ट खेलाडिमा आयोजकका रोसन चन्द घोषित भएका हुन ।

चमकदे समाजसेवा युवा क्लब मेलौली ७ को आयोजनामा भरतपुर माविको खेलमैदानमा यहि कार्तिक ८ गते देखि सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगितामा ९ टिमको सहभागिता रहको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.