बैतडीःसमस्यामा परेकालाई डिभाइन फाउन्डेसनले बाँड्यो राहत
कात्तिक-८ /बैतडीको दशरथचन्द नगरपालिका ६ का एकल तथा अपाँगताभएका नागरिकहरुलाइ राहत बितरण गरिएको छ । गगन चन्द डिभाइन फाउन्डेसनका संरक्षक दानबाहदुर चन्दको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो ।
राहत आर्थिक अवस्था कमजोर भएका एकल महिला तथा आपाँगताभएका नागरिकहरुलाई राहत बितरण गरिएको दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवँ समाजसेवि बिनोद बहादुर चन्दले जानकारि दिनुभएको छ ।
३ सय १० जना एकल तथा अपाँगताभएका नागरिकहरुलाई १५ किलो चामल, दुइ किलो दाल, एक पोका नुन, एक पोका खानेतेल र नुहाउने साबुन समेत वितरण गरिएका उहाँले बताउनुभयो । कोभिड १९ले काम गर्ने वाताबरण नमिलेर समस्यमा परेका र काम गर्न नसक्ने नागरिकहरुलाई फान्डेसनको सहयोगमा राहत बितरण गरिएको उहाँको भनाई छ ।
राहत पाएपछि एकल तथा अपाँगता भएकाहरुपनि खुसिभएका छन । दशरचन्दन गरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवँ समाजसेवि विनोदबहादुर चन्दको पहलमा आर्थिक अवस्था कमजोर भएका एकल तथा अपाँगतभएका नागरिकहरुलाई राहत बितरण गरिएको हो ।
नगरपालिका नगरप्रमुख नरेन्द्रथापा, गगनचन्द डिभाइन फाउन्डेसनका अध्यक्ष राजेन्द्र चन्द, समाजसेवि विनोदबहादुर चन्द, वडा नं ६ का वडा अध्यक्ष गजेन्द्र रावल, फाउनडेसनका फाेकल पर्सन एवँ रुडेशका कार्याकारि निर्देशक गोविन्द राज जोशीको उपस्थीतीमा राहत बितरण गरिएको हो ।