बैतडीका थप दुई जनामा कोरोना पुष्टि
कात्तिक-८ /बैतडीका थप दुई जनामा कोरोना पुष्टि भएको छ । आज थप दुइ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीका अनुसार डडेल्धुरा अस्पातलको प्रयोगशालामा भएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा दोगडाकेदार गाउँपालिका २ का २१ बर्षीय पुरुष र मेलौली नगरपालिका २ का २० बर्षीय महिला रहेकी छन । ऋाज दुइ जना थपिए संगै बैतडीमा कुल कोरोना संक्रमितको सङख्या ४ सय ६८ पुगेको छ । ४६८ जना मध्ये ४४२ जना निको भएर घर फर्केका छन् भने २५ जना सक्रिय संक्रमित रहेका कोभिड १९ सम्पर्क व्यक्ती जोशीले बताउनुभयो ।
बैतडीमा एकजनाको भने कोरोनाका कारण मृत्यु भईसकेको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिकामा ६ जना, पाटन नगरपालिकामा ५, मेलौली नगरपालिकामा ५ जना, र सुर्नया गाउँपालिकामा ३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, सिगास, पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन ।
Comments are closed.