बैतडीको पाटन बजार दुईदिनका लागि बन्द, अवज्ञा गर्नेलाई कार्बाही हुने

कात्तिक -८ गते / बैतडीको पाटन  बजार दुई दिनका लागि बन्द गरिएको छ । मेला लाग्ने समयमा भिडभाडभइ विश्वमाहामारि रुपमा फैलिएको नोभेल कोरोना भाइसकाे  सक्रमण बढ्ने भन्दै  नगरक्षेत्र भित्रकाे मुख्य  बजार दुईदिनका लागि बन्द गरिएको हो ।

शुक्रबार इलाका प्रहरी कार्यालय पाटनमा बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान १० बजेदेखि आइतबार अप्राहन्नः ४ बजे सम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय गरेको थियो । पाटन नगरपालिका ६मा अवस्थीत उदयदेव मन्दिरमा बडादशैँको नवमीमा लाग्ने मेलालाई ध्यानमा राखेर भिडभाड नियन्त्रण गर्ने हेतुले दुईदिन पूर्णररुपले बजार बन्दगर्ने निर्णय गरिएको वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र विष्टले जानकारि दिनुभयो ।

बजार बन्दाबन्दीको अवज्ञागरि निणर्यको उल्लंघ भए जरिवाना हुने बताइएको छ । सर्वपक्षीय बैठकबाट बजारबन्द गर्ने निर्णयको कसैले उल्लंघन गरेको पाइएमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको वडाअध्यक्ष विष्टले बताउनुभयो ।

आम नगरबासीको स्वास्थ्यलाई दृष्टीगत गरेर आफुहरुले बजारबन्दको अवधारणा अघिसारेको बताउँदै नगरपालिकाका नगरप्रमुख केशब बहादुर चन्दले निर्णयको पालन गरिदिन सबैमा अपिल गर्नुभएको छ । उदयदेव मन्दिरमा पनि बडादशैंको महानवमीका दिन रांगाको बलिसहित पूजाआजा हुने भएपनि यो बर्ष भने स्थगीत गरिएको छ । कोरोनाको जोखिम कारण बलिमा रोक लगाइएको छ भने भिडभाडकम गर्न पनि आवस्यक मापदण्लागु गरिएका छन । यस्तै बैतडीका शक्ती पिठहरुमा लाग्ने जात्रा यो वर्ष कोरोना भाइसका कारण स्थगीत गरिएको छ ।

यस्तै दशरथचनद नगरपालिका २ देहिमाँडौ बजारपनि बन्द गरिएको छ । भिडभाड कम गर्न कात्तिक ७ गते विहान देखि ८ गते बेलुकि सम्मका लागि बजार बन्दगरिएको हो । मेला महोत्सव जस्ता बढी भिडभाड हुने कार्यक्रमलाई बन्दगरि कोरोनाभाइरसको सक्रमणबाट बच्न र बचाउँन अहिले जिल्लाको सम्बद्ध निकायहरुले आ -आफ्नो तर्फबाट भुमिका खेलिरहेका छन् ।

कोरोना भाइरस कोभिड१९ को सक्रमण फैलिने सम्भावना औँल्याउँदै आम नागरिकहरुको जिवन रक्षाका लागी सम्बद्ध निकायहरु अहिले बन्दाबन्दीको अवधारणा अँगालेर बच्ने बचाउँने मार्ग अपनाइरहेका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.