बैतडीः देहिमाँडौबजार पूर्णरुपले बन्द, भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन
कात्तिक- ७ / बैतडीको दशरचन्द नगरपालिका २ अन्तरगतको देहिमाँडौ बजारका पसलहरु पूर्णरुपमा बन्द गरिएका छन् । निङ्गलाशैनी भगवति मन्दिरमा बडादशैँ पर्वमा लाग्ने मेलामा भिडभाड नियन्त्रण गर्न बजार भित्रका पसलहरु पूर्णरुपमा बन्द गरिएका हुन ।
कोरोना संक्रमण फैलिने भन्दै कात्तिक ७ गते शुक्रबार विहान देखि कात्तिक ८ गते बेलुकी सम्म बजार बन्द गर्न व्यापारिहरुलाई जिल्ला सुरक्षासमिति , वडाकार्यालय , देहिमाँडौ बजार व्यवस्थापन समिति लगायत सम्बद्धनिकायहरुले आग्रह गरेको थियो । यो वर्ष प्रशीद्ध धार्मिक स्थल निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेला स्थगीत भएको छ ।
मेला स्थगीत भएपनि भगवतीको दर्शन गर्न आउने भक्तजनहरुको उपस्थीतीले भिडभाडभइ कोरोनाको जोखीम बढ्ने भन्दै पसल बन्द गर्ने निर्णय गरिएको देहिमाँडौ बजार व्यवस्थापन समितिका सचिब सुर्य बहादुर बोहराले बताउनुभएको छ । भिडभाड नियन्त्रण गर्न पसल बन्द गरिएका उहाँको भनाई छ । यस्तै सम्बद्ध निकायको निर्णयमा टेकेर यहाँका व्यापरिहरुले विहानै देखि पसलहरु पूर्णरुपले बन्द गरेका छन् । विहानै देखि देहीमाँडौ बजार सुनसान बनेको छ ।
समितिको निर्णयमा टेकेर यहाँका व्यापरिहरुले विहानै देखि पसलहरु पूर्णरुपले बन्द गरेका हुन । देहिमाँडौ बजार व्यवस्थापन समितिले पसलहरु बन्द गर्न हाह्वान गरेपछि शुक्रबार ७ गते देखि ८ गते वेलुकि सम्मका लागि पसलहरु बन्द गरिएका हुन् । भक्तजन तथा दर्शनार्थीहरुको उपस्थीमा प्रसिद्ध धार्मिक स्थल निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा यो वर्ष कोरोना भाइसका कारण स्थगीत भएको हो । यस्तै दैहिमाँडौ बजारमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
भिडभाड नियन्त्रण गर्न शस्त्रप्रहरी र जनपथप्रहरी पचरिचालन गरिएका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रशाद अधिकारिले जानकारिदिनुभयो । सरकारले कोरोनाभाइरसको संक्रमण फैलिने भन्दै मेला, महोत्वसव, सभासमारोह लगायतका भिडभाड हुने कार्यक्रहरुहरु नगर्न नगराउन आग्रह गरेको छ ।बैतडीका शक्तीपिठहरुमा सयौँ राङगा बोकाकाको बली सहित जात्रा लाग्ने गरेको भएपनि यो वर्ष स्वास्थ्य सुरक्षाका आवस्यक मापदण्ड अपनाएर पुजापाठ मार्त्रै गरिदैछ ।