बैतडीमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ६६ पुग्यो
कात्तिक -६ /बैतडीका थप ७ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पातल र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीका अनुसार डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा १ जना र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।
बिहरीबार कोरोना संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिकाका ८ का २० बर्षका एकजना पुरुष , दशरथचन्द नगरपालिकाका ९ का २० देखि ४९ वर्ष उमेर समुहका ५ पुरुष र २७ बर्षकी एक महिलामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । बिहीबार थप सात जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कुल कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको कोभीड १९ सम्पर्क व्यक्ती जोशीले बताउनुभयो ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारि दिनुभएको छ । बैतडीका ६ जना दार्चुलाका दुइ जनामा काेराेना पुष्टि भएकाे उहाँकाे भनाइ छ।अहिले सम्म जिल्लाका ४ सय ६६ जनामा कोरोना पु्ष्टि भएकाेमा ४ सय ३९ जना संक्रमण मुक्त भइसकेका छन भने १ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार अब जिल्लामा २६ जनामात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।