रोजगारी गुमाएर घर फर्किएका युवाकाे पीडा, भन्छनः दशैँको खुसि कोरोनाले खोस्यो
डीआर भट्ट-कात्तिक- ६ गते /कोरोना भाइरसका कारण रोजगारि गुमाएर घर फर्किएका बैतडीका नागरिकहरुलाई दशैँ कसरि मनाउने भन्ने चिन्ता बढेको छ । गत विगतमा विदेशमा नौकरि गरेर दशैँमा पैसाकमाए र घर फर्किने नागरिकहरुलाई खर्च अभावमा चाँडवर्प कसरि मनाउने भन्ने चिन्ता बढेको हो ।
विदेशमा पैसा कमाएर दशैँमा घर फर्किने नागरिकहरु यो वर्ष कोरोना भाइरसका कारण ४÷५ महिनापहिलेनै घर फर्किएका थिए । कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै भारतमा गरिएको लकडाउनले रोजगार विहीन भएर घर फर्किएका नागरिकहरुले अहिले दशैँ उल्लासमय नहुने बताएका छन ।
कोरोनाभाइरस रोकथामका लागि लागुगरिएको लकडाउनले रोजगारी गुमेर भारतबाट घर फर्किएका सुर्नया ३ का शँकर भट्टले अहिले दशैँको खुसि कोरोनाले खोसेको दुखेसाे पोख्नुभयो । सुर्नया गाउँपालिका वडा नं २ ग्वानिका करन महर भारतमा नौकरि गर्नुे हुन्थ्यो । भारतमा कोरोना भयाबहरुपले फैलिएपछि होटेलहरु बन्दभएपछि उनि घरफर्किए तर यहाँ कामगर्ने अवसर नभएपछि बेरोजगार भएर बस्नु प¥यो, ‘उनि भन्छन’ भारतमा नौककरि गरेर परिवार पालिएको थियो, चाँड पर्वहरु गत विगतमा पनि राम्रै संग मनाइएका हुन, तर कोरोनाले यो वर्ष सारा खुसि लुट्यो । बैतडीका युवाहरुले स्वदेश फर्किए पछि ढुङगा गिट्टी कुट्ने काम समेत नपाएको बताएका छन ।
भारतमा नौकरि गरेर परिवार जहान पाल्ने युवाहरु रोजागरि गुमाएर घरफर्किएका थिए । जिल्लामा रोजगारिका सम्भावना नभएपछि विदेशमै गएर घरखर्च चालउन बाध्य बैतडीका धेरै नागरिकहरु अहिले समस्यामा परेका छन । धेरै जसो युवाहरुले दशैँ मनाउन खर्चकै अभाव खड्कीएको बताएका छन । भारतमै नौकरि गरेर लालाबाला पाल्ने नागरिकहरु कोरोनाभाइरसका कारण अहिले समस्यामा परेका छन ।