बैतडीः १ सय ६४ जनाको कोरोना परीक्षण, ३ जनाको रिपोर्ट पोजिटिभ
कात्तिक-५/बैतडीका थप १ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप १ जनामा काेरोना पुष्टिभएको हो ।
पछिल्लो २४ घण्टामा १ सय ६४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारि दिनुभएको छ ।
उहाँका अनुसार बैतडीको २ जना र दार्चुलाका एक जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । बैतडीको सिगास गाउँपालिका वडा नं ६ की २० वर्षिया महिला , डिलाशैनि गाउँपालिकाका ४ का २० वर्षिय पुरुष र दार्चुलाको व्यास गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना रिपोर्ट पोजिटि आएको उहाँले बताउनुभयो ।
यसअघिनै कोरोना सक्रमित डिलाशैनिका पुरुषको दोस्रो रिपोर्ट पोजिटिभ आएको हो भने सिगास गाउँपालिक ६ की महिला र दार्चुलाका पुरुषको पाहिलो रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
बुधबार एकजना थपिए संगै बैतडीमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ५९ पुगेको स्वास्थ्य कार्यालय बैतडीलले जनाएको छ ।