बैतडीःशिबनाथ गाउँपालिका द्वारा प्रहरीलाई मोटरसाइकल सहयोग
कार्तिक -४ / बैतडीको शिबनाथा गाउँपालिकाले प्रहरीलाई मोटरसाइकल सहयोग गरेको छ । गाउँपालिकाले प्रहरी चौकी कुस्माउत घाट शर्मालि र प्रहरी चौकी सुल्लेखानलाई एक ÷एक मोटरसाइकल सहयोग गरेको हो । गाउँपालिकाकाे बजेटबाट खरिद गरेर प्रहरी चौकीहरुलाई एक थान नयाँ मोटरसाइकल सहयोग गरेको गाउँपालिकाका अध्यक्ष कर्ण सिहँ साउदले जानकारि दिनुभएको छ । मंगलबार प्रहरीचौकीका इन्चार्जहरुलाई मोटरसाइकलको साँचो हस्तान्त्रण गरिएको उहाँले बताउनुभयो छ । मोटरसाइकलको व्यवस्था पछि अब आम नागरिकहरुलाई शान्ती सुरक्षाको प्रत्याभुत गराउन प्रहरीलाइ सहज हुने विश्वास गरिएको छ । कुस्माउतघाट प्रहरी चौकीका इन्चार्ज धनबहादुर खडकाले गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्दै अब नागरिकहरुदलाई शान्ती सुरक्षा प्रदान गर्न सहज हुने बताउनुभयो । “सवारि साधन नहुँदा समस्या थियो ‘उहाँले भन्नु भयो ’ अहिले गाउँपालिकाले मोटरसाइकल सहयोगरेको छ अब सहज हुन्छ ।” अब प्हरीको सकृयता बढ्ने यसबाट अपराधिक कृयाकलाप न्युनिकरण हुने अपेक्षा गरिएको छ।