बैतडी : गाउँलेहरुले आफ्नै लगानीमा पारे गाउँ झिलिमिलि

डीआर भट्ट कार्तिक ४/ बैतडीको पाटन नगरपालिका ९, को भट्याडिमा विद्युत विस्तार गरिएको छ । गाउँका अगुवाहरुको पहलमा विद्युत विस्तार गरिएको हो । आफुहरुले नेपाल विद्युत प्राद्यिकरण बैतडी, विद्युत वितरण केन्द्रसंग आग्रह गरेर गाउँमा विजुली विस्तार गरेको स्थानिय एवं विद्युत विस्तार पहलकर्ता कर्ण बहादुर विष्टले जानकारी दिनुभएको छ । ठेकेदार मार्फत झण्डै ३÷४ बर्ष अगाडी पोलहरु गाडेको तर तार अभाबका कारण बिद्युत लाईन बिस्तार गर्न सकिएको थिएन । अहिले तारको जोहो गरेर स्थानियहरुको पलहमा बिद्युत लाईन बिस्तार गरी २८ घर परिवारहरु अध्यारो मुक्त भएको बिद्युत बितरण केन्द्र पाटन बैतडीका प्रमुख पुष्प राज भट्टले जानकारी दिनुभयो ।

बिद्युत बितरण केन्द्र पाटन बैतडीबाट आफ्नै खर्चमा प्राविधिकहरु मगाएर विद्युत लाइन विस्तार गरिएको स्थानिय डम्बर सिह भाटले बताउनुभयो । पटकपटक स्थानिय सरकालाई विद्युत विस्तारका लागि माग गरेपनि सुनुवाइ नभएपछि गाउँका अगुवाहरुले मिलेर विद्युतीकरणका लागि पहल गरेको बताइएको छ ।No description available.

स्थानियहरुका अनुसार ३÷४ वर्ष पहिले भट्याडिमा पोल पुगेका थिए । गाडिएको केही समयमै पोलहरु ढलेपछि फेरि गत माघमा पोल गाडिएका थिए तर पूर्णरुपले विद्युत विस्तार हुन सकेको थिएन । बिद्युत विस्तार नहुँदा समस्या भएको भन्दै आफुहरुले चन्दा संकलन गरी अहिले गाउँमा विजुलि बालेको अर्का स्थानिय दिपक सिंह भाटले बताउनु भएको छ । विद्युत विस्तार भएपछि अहिले भट्याडिका २८ घरपरिवार लाभान्वीत भएका स्थानिय भाटले बताउनुभयो । गाउँमा विजुलि पुगेपछि स्थानिय खुसी भएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.