बैतडी: जनचेतना आधारभुत बिद्यालयको बिद्यालय ब्यबस्थापन समिति गठन
बैतडी–कार्तिक ४/ बैतडीको दशरथचन्द नगरपालिका २ मा रहेको जनचेतना आधारभुत बिद्यालयको बिद्यालय ब्यबस्थापन समिति गठन गरिएको छ । गत जेठ महिनामा म्याद सकिए पछि उक्त बिद्यालय ब्यबस्थापन समिति बिहीन रहेको थियो । आज बसेको शिक्षक तथा अभिभावकहरुको भेलाले खडक बहादुर बोहराको अध्यक्षतामा ८ सदस्यीय बिद्यालय ब्यबस्थापन समिति गठन गरेको छ । कोरोना महामारीका कारण लामो समय पछि समिति बिहिन रहेको बिद्यालयको ब्यबस्थापन समितिले पुर्णता पाएको छ । समिति गठन पश्चात अध्यक्ष बोहराले बिद्यालयको बिकास निर्माणका कुराहरुमा आफु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । यस्तै बहादुर सिह बोहराको अध्यक्षतामा १० सदस्यीय शिक्षक अभिभावक सघं पनी गठन गरिएको छ । बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक सघं गठनका लागी बिद्यालय सेवा भित्रका झण्डै ८० जना अभिभाबकहरुको सहभागीता रहेको थियो ।