बैतडी : नागार्जुन रणशैनी युवा क्लवद्वारा राहत बितरण

बैतडी–कार्तिक ३ /  बैतडीको दशरथचन्द नगरपालिका ११ का युवाहरुले राहत बितरण गरेका छन् । नागार्जुन रणशैनी युवा क्लवमा आबद्ध युवाहरुले आर्थिक संकलन गरी कोरोना महामारीका कारण चुलो बाल्न समस्या भएकाहरुलाई राहत बितरण गरेका हुन् ।

गाउँका एकल महिला, बेसाहारा बर्ग, अपागं, टुहुरा बालबालीका र आर्थिक अबस्था कमजोर भएका परिवारहरुलाई प्रतिपरिवार १० केजीका दरले चामल बितरण गरिएको रेडियो बैतडीका सम्वाददाता नरेश पन्तले जानकारी दिएका छन् । क्लबले राहत बितरण गरे पछि समस्यामा परेका नागरिकहरुलाई केही मात्रामा भए पनि राहत मिलेको छ ।

कोभिड १९को संक्रमणलाई मध्यनजर गर्दै एक औपचारिक कार्यक्रमको आयोजना गरी राहत बितरण गरिएको हो । नागार्जुन रणशैनी युवा क्लवका अध्यक्ष बिर बहादुर चन्दको अध्यक्षता तथा वडा नम्बर ११ का वडाध्यक्ष जयदत्त पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै कार्यक्रममा बिशिष्ट आतिथि नेपाली काङग्रेस वडा नम्बर ११ का सभापती पद्मा दत्त पन्त र नागार्जुन प्रहरी चौकीका ईन्चार्ज मान सिह पन्त्र रहनुभएको थियो । सामाजिक अगुवा गणेश पन्त र क्लबका पुर्ब अध्यक्ष एंबम सल्लाहकार श्याम बहादुर चन्दको पहल तथा अगुवाईमा राहत बितरण गरिएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.