बैतडीः किसानहरु आधुनिक कृषि यन्त्रतर्फ आकर्षित
डी आर भट्ट- कार्तिक- ३ -बैतडी / परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका बैतडीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित हुन थालेका छन् । खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले जिल्लाका किसानहरु आधुनिक कृषि यन्त्र तर्फ आकर्षित हुनथालेका हुन् ।
पछिल्लो समय जिल्लामा खेतीका लागि आधुनिक कृषि उपकरणको प्रयोग बढ्न थालेको छ । आधुनिक कृषि उपकरणहरु भित्रीएसंगै पछिल्लो समय जिल्लामा खेत जोत्न ट्र्याक्टरको प्रयोग बढ्दै गएको हो । जिल्लामा पछिल्लो समय आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको सुर्नया ३ का विष्णु दत्त भट्टले बताउनुभयो ।
खेती लगाउन अहिले गोरु भन्दा किसानहरुले ट्र्याक्टरको प्रयोग गर्नथालेका उहाँको भनाई छ । “हलोको प्रयाेगबाट गोरुले खेत जोत्दा बाँकि रहन्थाे फेरि आफैलै खन्नु पर्ने ‘उनले भने’ ट्याक्टरले सजिलो छ सबै ठाउँको माटो ट्याक्टरले निकाली हाल्छ आफुलाई सहजता छ ।”कृषिकर्ममा आधुनिक औजारहरुको प्रयोग बढेसंगै गाउँघरमा गोरुले खेत जोत्ने र खेती लगाउने चलन भने हराउन थालेको छ । खेत जोत्न ट्र्याक्टर प्रयोग हुनथालेपछि गाउँघरमा गोरु पाल्ने क्रम घटेको हो ।
श्रम कम लाग्ने र काम छिटोछरितो हुने भएकाले आधुिनक कृषिऔजारहरु तर्फ किसानहरुको आकर्षण बढेको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय बचत हुनेभएकाले किसानहरु अहिले सजिलो मार्ग रोज्न थालेका उहाँको भनाई छ । अहिले बैतडीका २५ देखि ३० प्रतिश किसानहरुले खेत जोत्न र धान चुट्न मिनिटिलर हातेट्र्याक्टर र थ्रेसर प्रयोग गरिरहेका उहाँले बताउनुभयो ।
सरकारले कृषिमा यान्त्रीकरणका लागि अनुदानमा कृषि औजारहरु वितरण् गर्ने गरेको छ । सरकारले ५० प्रतिश अनुदानमा किसानहरुलाई कृषि औजाहरु वितिरण गर्दैआएको कृषि ज्ञानकेनद्र बैतडीका निमित्त प्रममुख चन्दले बताउनुभयो ।
गत वर्ष पनि बैतडीका किसानहरुलाई ५० प्रतिश अनुदानमा १० ओटै पालिकामा ६० ओटा मिनिटिलर हातेट्र्याक्टर वितरण गरिएका उहाँको भनाई छ । पछिल्लो समय खेती गर्न जिल्लामा उपकरण र यन्त्र प्रयोग गर्ने किसानहरुको सङख्यामा वृद्धी भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।