स्थानिय प्रशासन : कोरोनाबाट बच्न चाँडपर्वहरुमा बिशेष सर्तकता अपनाऔं 

बैतडी–कार्तिक २ / बैतडी सहित सुदुरपश्चिमका बिभिन्न शक्तिपिठहरुमा दशैमा लाग्ने जात्राहरु प्रभाबित भएका छन । कोरोना भाईरस (कोभिड १९)का कारण यो बर्ष बिभिन्न शक्तिपिठहरुमा लाग्ने जात्राहरुमा प्रभाबित भएका हुन । बैतडीका बिभिन्न शक्तिपिठहरुमा पनी यो बर्ष सामान्य नित्य पुजा मात्रै गर्न पाईने भएको छ । गत बिगतका बर्षहरुमा बिभिन्न शक्तीपिठहरुमा सयौं रागांहरुको बली दिईने गरेको भए पनि यो बर्ष बली गर्न नपाईने भएको छ । गृह मन्त्रालयले देशका ७७ जिल्ला प्रशासन कार्यालयहरुलाई शक्तिपिठहरुमा बली गर्न नपाईने भनेर गरेको परिपत्र अनुसार बैतडीमा पनी बली गर्न रोक लगाईएको जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापन केन्द्रका अध्यक्ष एबंम प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले जानकारी दिनुभयो ।

आईतबार बसेको जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले बैतडीमा पनी कोरोनाको भयाबह स्थिति हुदै गएकोले मठ मन्दिरहरुमा सामान्य नित्य पुजा बाहेक अन्य भिडभाड हुने कुनै पनी कार्यहरु गर्न नदिने निर्णय गरेको छ । आम नागरिकहरको स्वास्थ्यलाई ध्यानमा राखेर  जिल्ला स्तरिय  कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले महत्वपूर्ण  निर्णय  गरेको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिभिन्न शक्तिपिठहरुमा नित्य पुजा बाहेक अन्य कार्यहरु बली दिने, जात्रा मनाउने र भिडभाड तथा जमघट हुने लगायतका क्रियाकलापहरु नगर्न, नगराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

No description available.गत विगत जस्तो दशौँतीहारमा  भिडभाडका साथ कार्यक्रम आयोजना गरि  मनाउँदा  कोरोना संक्रमणदर  फराकिलो  बन्नेहुँदा सबैनागरिकहरुले स्वयम सचेत बन्नुपर्ने प्रशासनको  अपिल छ । संक्रमणको झन भयाबह स्थिति भई हालेमा जिल्लामा नियन्त्रण तथा रोकथामका लागी स्रोत साधनहरुले पनी नभ्याउने उहाँको भनाई छ ।

“जिल्लामा कोरोना गम्भीर बिरामी भएमा उपचारका लागी समस्या हुन्छ । ”उनले भने “ जिल्ला अस्पतालमा कोरोनाका बिरामीको उपचारका लागी ८ ओटा आईशोलेशन बेडहरु मात्र छ । जसमा ६ बेडमा बिरामी छन,  सो  समस्या उत्पन्न हुन नदिन जिल्ला बासीहरुमा आग्रह गर्न चाहन्छु”। आजको  बैठकले जनहतिका लागि निर्णय गरेको बताउँदै  उहाँले यसको पालना सबैले  गर्नेु बताएका छन । यस्तै लामो तथा छोटो  दुरीका सवारी साधनहरुमा अनिवार्य स्वास्थ्य मापदण्डहरु पालना गर्न अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डहरु पालना नगरेमा सम्बन्धित निकायले अनुगमन तथा नियमन गर्ने बताईएको छ । हाम्रो स्वास्थ्य  हामिले  स्वस्थ रहनु  छ भन्ने  कुरालाई  मन्न गरेर आम जिल्लाबासीहरुलाई कोरोना संक्रमण बाट जोगिन सचेत र  सजग बन्न जिल्ला प्रशासन कार्यालय  बैतडीले  अपिल गरेको  छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.