बैतडीका थप ३ जनामा कोरोना पुष्टि
बैतडी–कार्तिक २ / बैतडीका थप ३ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका थप ३ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेहरुमा मेलौली नगरपालिकाका २ जना र शिवनाथ गाउँपालिकाका १ जना रहेका छन । डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ६२ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए। उनका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५, नवदुर्गा गाउँपालिका–२, गन्यापधुरा गाउँपालिका–३ र भागेश्वर गाउँपालिका–१ का एक÷एक गरी ४ जनामा जनामा संक्रमण पुष्टि भएको हो। यस्तै दार्चुलाको दुहुँ गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिए। यो सगंै बैतडीमा कोरोना संक्रमीतको संख्या ४ सय ५७ पुगेको छ ।