बैतडीः ईश्वरीगंगाधाम देखि जगन्नाथ मन्दिर जोड्ने पदमार्ग निर्माण सुरु

बैतडी–कार्तिक २ / बैतडीको प्रसिद्ध ईश्वरीगंगाधाम देखि जगन्नाथ मन्दिर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । पर्यटन बिकासको लागी समुदायस्तरबाटै ‘एक व्यक्ती एक सिंढी अभियान ’बाट पदमार्ग निर्माणको काम सुरु भएको हो । दशरथचन्द नगरपालिका ४ स्थित प्रसिद्ध ईश्वरीगंगाधाम देखि जगन्नाथ मन्दिर सम्म ८ हजार ८ सय ४८ सिंढी निर्माण गरिने ईश्वरीगंगा धाम – जगन्नाथ मन्दिर गढी पदमार्ग निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताउनुभएको छ । पदमार्गको शनिबार सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले शिलान्यास गर्नुभएको छ । अबको तीन बर्षमा सक्ने लक्ष्यका साथ निर्माणको शिलान्यास गरिएको हो । पदमार्गको ५ स्थानमा प्रतिक्षालय , ५ स्थानमा खानेपानीका धारा, ९ स्थानमा प्रवेशद्वार, ६० स्थानमा सौर्यबत्ती र २ स्थानमा शौचालय निर्माण गर्ने योजना बताईएको छ । पदमार्ग निर्माणका लागी झण्डै १० करोड लगानी लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.