जनकालीका बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र अब देहीमाण्डौ बजारमा
आशिष माल–कार्तिक १/ बैतडीको दशरथचन्द नगरपालिका २ मा रहेको जनकालीका बचत तथा ऋण सहकारी संस्थाले अब देहीमाण्डौ बजारबाट पनी सेवा दिने भएको छ । बिंसं २०५५ सालदेखि मेलाखानबाट सेवा दिदै आएको संस्थाले सेवाग्राहीहरुको सहजताका लागी देहीमाण्डौ बजारमा सेवा केन्द्र कार्यालय स्थापना गरेको हो । सहकारी संस्थाले बिस्तार गरेको सेवा केन्द्र कार्यालयको आज उद्धघाटन गरिएको संस्थाका अध्यक्ष खडक बोहराले जानकारी दिनुभयो ।
जनकालीका बचत तथा ऋण सहकारी संस्थामा अहिले ७ सय २७ जना सेयर सदश्य र २ सय ८५ जना बाल बचतकर्ता रहेका छन । संस्थाको स्थापनाकालदेखि अहिलेसम्मको आय २ करोड ३८ लाख ७५ हजार ६ सय रहेको छ । यस्तै ब्यय अन्र्तगत बचत तर्फ २ करोड १ लाख ६२ हजार ९ सय ४४ रुपैया रहेको छ । अन्य कोष तर्फ १३ लाख ६० हजार ८ सय २० रुपैया रहेको छ । जिल्लाकै दोस्रो सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारी संस्थाले सहज रुपमै बचतकर्ताहरुलाई सेवा दिदै आएको छ ।