बैतडीका प्रदेश सभासदस्य भट्टलाई कोरोना संक्रमण पुष्टि
बैतडी–कार्तिक १/ बैतडी क्षेत्र नम्बर ख बाट निर्वाचित प्रदेश सभासदस्य लीलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उहाँले आफुमा कोरोना भाईरस संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।उहालेँ कोरोना संक्रमण पुष्टि भए संगै आफु होम आईसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।