पाटन बिमानस्थलमा हप्ताको २ दिन उडान हुने

जनक साउद–कार्तिक १/  समिट एयरले बैतडीको पाटन बिमानस्थलमा हप्ताको २ दिन उडान भर्ने भएको छ । यस अगाडी हप्ताको एक दिन मगंलबार मात्रै उडान भर्ने भनिएकोमा अब हप्ताको २ दिन उडान भर्ने भएको हो । समिट एयरले थप एक १ दिन शुक्रबार पनी उडान भर्ने निर्णय गरेको समिट एयरका बैतडी सम्र्पक ब्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिनुभयो । अब प्रत्येक हप्ताको मगंलबार र शुक्रबार बिहान ८ः ३० बजे बैतडीका लागी धनगढीबाट बिमान उड्ने उहाँले बताउनुभयो । यस्तै धनगढी –बैतडीको भाडा ३ हजार ८ सय तोकिएकोमा ५० रुपैया बृद्धि भएको छ । बिमानमा यात्रा गर्नहरुलाई कोरोना भाईरसबाट बच्ने आबश्यक स्वास्थ्य सामाग्रीहरु थप गर्ने भन्दै ५० रुपैया बृद्धि गरिएको समिट एयरले जनाएको छ । अब धनगढी–बैतडी बिमान भाडा ३ हजार ८ सय ५० रुपैया लाग्ने भएको छ । “प्राधिकरणले तोकेको भाडा ३५ सय मात्रै हो ”। सम्र्पक ब्यक्ति भट्टले भने “ २ सय बिमानस्थल चार्ज र ५० रुपैया स्वास्थ्य सामाग्री चार्ज हो ।” यस अघि हिजो शुक्रबार पहिलो चोटी धनगढीबाट १८ जना यात्रु लिएर बैतडी आएको बिमान ७ जना यात्रु लिएर धनगढी फर्किएको थियो । गत असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले विमानस्थलको निरीक्षण समेत गर्नुभएको थियो । पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । नियमित हवाई उडान भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ ।

सम्बन्धित
2 Comments
  1. Bhim Chand says

    बैतडीको लागी सम्पर्क ब्यक्तिको सम्पर्क नम्बर पाए आभारी हुने थिए ।

    1. 9860028206

Leave A Reply

Your email address will not be published.