बैतडीमा प्रहरी दिवसका अबसरमा १३ जना प्रहरी पुरस्कृत

जनक साउद–असोज ३० / आज ६५ औं प्रहरी दिवस, बैतडीमा पनी मनाईएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण भब्य कार्यक्रम गर्न नसकिए पनि सामान्य तरिकाले दिवस मनाईएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको प्रमुख आतिथ्यता तथा प्रहरी प्रमुख अधिकारीको अध्यक्षतामा दिवस मनाईएको हो ।

दिवसका अबसरमा प्रहरीलाई बिभिन्न ढगंबाट सहयोग पु¥याउनेहरुलाई सम्मान पनी गरिएको छ । जिल्लाको शिबनाथ गाउँपालिका, सुर्नया गाउँपालिका वडा नम्बर ८ का प्रजापती मडै र राष्टिय दलित नेटर्बक बैतडीलाई दिवसको अबसरमा सम्मान गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । शिबनाथ गाउँपालिकाले प्रहरी चौकी सुल्लेखानलाई जग्गा उपलब्ध गराएकोले दिवसका अबसर पारी सम्मान गरिएको हो । यस्तै सुर्नयाका मडै र राष्टिय दलित नेटबर्कले प्रहरी–समुदाय साझेदारी कार्यक्रमलाई प्रभाबकारी बनाउन भुमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

यस्तै जिल्ला भरिमा कार्यरत १३ जना प्रहरीहरुलाई पनी दिवसका अबसरमा पुरस्कृत गरिएको छ । नेपाल प्रहरीको निति नियममा बसेर उत्कृष्ट कार्य सम्पादन गर्ने १३ जना प्रहरीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.