बिश्व हात धुने दिवस बैतडीमा पनी मनाईयो

बैतडी–असोज २९/  आज बिश्व हात धुने दिवस ,बैतडीमा पनी मनाईएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र बैतडी र रुडेस बैतडीको संयुक्त आयोजनामा दिवस मनाईएको हो । ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ मनाईएको दिवसका अबसरमा बजार क्षेत्रका नागरिकहरु र अन्य यात्रुहरुलाई पनी गरी ६० जना भन्दा बढीलाई साबुनपानीले हात धुन लगाईएको सामुदायीक प्रहरी सेवा केन्द्र गोठलापानी बैतडीमा कार्यरत प्रहरी हवल्दार दीलीप सिहं महराले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणसँगै अरु सरुवा रोग हातको फोहोरले सबैभन्दा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित रुपमा सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने भएकोले नागरिकहरुलाई जानकारी गराउने उदेश्यले दीवस मनाईएको उहाँले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.