रागां बचाउ अभियानमा अभियान्ता क्षेत्री
जनक साउद–बैतडी २९ / बैतडीको डिलाशैनी गाउँपालिका ७ तेलीगाउका सामाजिक अभियान्ता सागर क्षेत्रि पशु संरक्षण अभियानमा लागेका छन । बिभिन्न सामाजिक कामहरु गर्दै आएका क्षेत्र अहिले पशु संरुक्षण अभियानमा लागेका हुन । गाउँघरमा भैसीले रागां पाएमा जन्मिने बित्तिकै खोलामा फाल्ने प्रबृतिका बिरुद्ध उनले अभियान चलाएका छन । अहिले उनले गाउँमा फालिएका रागांहरु घरका ल्याएर पाल्न थालेका छन । सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर उनले फालिएका आधा दर्जन रागांहरु घरमा ल्याएर पालेका छन । रागांहरु बिरामी पर्दा औषधी मुलो गर्न पनी पछि हट्दैनन ।
उनलाई बेबारिसे फालिएका रागांहरु बचाउन पाए सबभन्दा ठुलो धर्म हो जस्तो छ । अहिले पनी समाजमा भैसीले रागां जन्माएमा कामै नलाग्ने भनी जन्मिने बित्तिकै खोलाहरुमा फालिदिने गर्दछन । अभियान्ता सागर क्षेत्री तिनै बेबारिसे फालिएका रागांहरु खोजेर घरमा ल्याउछन । उनले भने “पशुहरुको पनी बाच्न पाउने अधिकार छ । यसरी रागांहरु फाल्नु अपराध हो यस्तो गरेका पशु संरक्षण एनमै कार्बाहीको ब्यस्था गरिएको छ । यस्तो अपराध गरेमा ५० हजार जवरिवाना र ३ बर्षसम्म जरिवाला हुन सक्छ । यस्तो अपराध नगर्न हुन म सबैलाई अनुरोध गर्न चाहन्छु ।” अभियान्ता क्षेत्रीले उक्त अभियान ब्यापक रपमै सञ्चालन गर्नका लागी स्थानिय डिलाशैनी गाउँपालिकासगं पनी पहल गरीरहेको बताएका छन । पालिकाले सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।
यो बाहेक पनी अभियान्ता क्षेत्रीले बिभिन्न सामाजिक कामहरु गर्दै आएका छन । उनी अहिले २८ बर्षका भए । उनी एउटा सामान्य परिवारमा जन्मिएका नागरिक हुन । उनको सानैदेखि समाजसेव गर्ने रुची थियो । सागरले आफ्नो रुची पुरा गर्ने क्रममा अहिले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन । उनी रोजगारीको शिलशिलामा लगभग ८, ९ बर्ष भारतको बेगंलोर बसेका थिए । उनको सामाजिक अभियान बेगंलोरबाटै सुरु भएको थियो । उनको गरिब, दुःखी, दयनिय अबस्था भएका ब्यक्तिहरु र समस्यामा परेका नागरिकहरुलाई अभियानमार्फत सहयोग गर्ने कार्य भारतमा मात्रै सीमित रहेन । उनले गाउँ फर्किए पछि पनी बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन । कोरोना महामारीका समयमा पनी उनले गाउँमा नागरिकहरुको जीवनसगं प्रत्यक्ष सरोकार राख्ने बिभिन्न साामाजिक कामहरु गरेको छन । यतिबेला उनी गाउमा अभियानमार्फत बाटोघाटो निर्माण लगायतका कामहरु गरिरहेका छन । समाजसेवा सबैभन्दा ठुलो धर्म हो भन्ने कुरा उनलाई राम्रोसगं थाहा छ त्यसैले उनी आफ्नो अभियानबाट सन्तुष्ट छन ।