बैतडीमा बजार अनुगमन जारी, बुधबार देहीमाण्डौ बजार अनुगमन

बैतडी–असोज २८/  बैतडीको संयुक्त बजार अनुगमन टोलीले बुधबार दशरथचन्द नगरपालिका २ को देहीमाण्डौ बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा देहीमाण्डौ बजार क्षेत्रबाट ४३ हजार बढीका अखाद्य बस्तुहरु बरामद गरिएको छ । बिभिन्न किराना पसल, मदिरा पसल तथा होटेलहरुमा गरिएको अनुगमनमा ४३ हजार ३ सय ५५ बराबरका लबेल नभएका र म्याद नाघेका सामानहरु बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियनत्रण कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जनाकारि दिनुभएको छ ।

३२ हजारका १२ पेटी बियर, ४५ सयको मसला १० केजी, १ हजारको हल्का पेय २५ बोतल, ४ हजार २ सय ८५ को कस्मेटिक समान, १ सय बराबरको गुलियो पदार्थ आधा केजी र २ हजार ५ सय २० को चियापत्ती ६ केजी बरामद गरिएको उहाँले बताउँनुभयो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री बितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उदेश्यले अनुगमनलाई तिब्रता दिईएको छ । लामो समय कोरोना महामारिका कारण बजारहरु बन्द हुँदा अहिले दशैको मुखमा आएर अखाद्य बस्तुहरुको बिक्री बितरण हुन सक्ने भन्दै बजार अनुगमन चलीरहेको हो । व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेभल हेरेर मात्र खरीद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ । जिल्लाको संयुक्त अनुगमन टोलिले यसअघि पनि जिल्लाको सुर्नया , डिलाशैनि, दोगडाकेदार, मैलौलि र पुर्चौडी नगरपालिकमा बजार अनुगमन गरी ७ लाख बढीका अखाद्य समान बरामद गरी नष्ट गरिसकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.