बैतडीः बाख्रा पालनमा युवाहरु

जनक साउद–असोज २८/ अहिले कोरोना महामारीले गर्दा हजारौ युवाँहरु बेरोजगार भएर बसेका छन । छिमेकी मुलुक भारत तथा अन्य देशमा आश्रित युवाहरु कोरोना महामारीका कारण बेरोजगार बनेर घर फर्किए पछि रोजगारको खोजीमा भौतारि रहेका छन । भने कतिपय युवाहरु घरमा गुजरा चलाउनै मुस्किल भएपछि महामारीकै बिच मुग्लान पस्न थालेका छन । तर बैतडीको डिलाशैनी गाउपालिकाका ७ बाईमका ३ जना युवाहरु स्वदेशमै सुनौलो भबिष्य खोज्दै ब्यबसायीक बाख्रा पालनमा लागेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाबैतडी जिल्ला कार्यालय सचिब समेत रहेका ३५ बर्षीय प्रजापती जोशीले २ जना भारतबाट फर्किएका युवाहरुसगं मिलेर गाउमै बाखा्र पालन सुरु गरेका हुन ।

ब्यबसायीक रुपमै लोखाडी बाख्रा पालन तथा बहुउदेश्य कृषि फर्म दर्ता गरेर उनलाई बाखा्र पालन गरीरहेका हुन । आधुनिक खोर निर्माण गरेर ७० बाखा्रबाट ब्यबसाय सुरु गरेका छन । बिगत २ महिना अगाडी देखि ब्यबसाय सुरु गरेका जोशीले अहिले झण्डै १० रोपनी जमिनमा अलैची खेती पनी गरेका छन ।

उहासगं अन्य २ जना युवाहरुले बाख्रा पालनमै भबिष्य खोजी रहेका छन । ईच्छा शक्ति भएका गाउँमै पनी थुप्रै सम्भावना रहेको जोशीको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.