बैतडीः पाटन नगरपालिकामा गरिएको सिल प्रभाबकारी नभएको स्थानियको गुनासो

बैतडी–असोज २८/ बैतडीको पाटन नगरपालिकामा गरिएको सिल प्रभाबकारी नभएको नागरिकहरुले गुनासो गरेका छन । नगरपालिकाका कार्यरत २ जना कर्मचारीमा कोरोना देखिए पछि असोज २३ गतेबाट नगरपालिका सिल गरिएको भए पनि प्रभाबकारी नभएको नागरिकहरुले बताएका छन । असोज २३ गते सुचना जारी गर्दै नगरपालिकाले ३० गतेसम्मका लागी नगरपालिकाको कार्यालय र १० ओटै वडा कार्यालयहरु बन्द गरेको छ ।

तर यातायात, होटल तथा अन्य पसलहरु खुल्लै रहदा कोरोना जोखिम बढी रहेको स्थानियहरुले बताएका छन । कार्यालय मात्रै बन्द गरेर नहुने र बजार क्षेत्रका पसल तथा यातायात पनी पुर्ण रुपमा बन्द गर्नु पर्ने स्थानियहरुको माग छ । दशँै तिहार नजिक आएसगंै बजार क्षेत्रमा अत्याधिक भिडभाड बढेको छ । नगरपालिकाले कार्यालय भित्रका कुर्सी टेबलहरु मात्रै जोगाएर नहुने भन्दै नागरिकको स्वास्थ्यको बारेमा सोच्नु पर्ने स्थानिय बशन्त बिष्टले बताउनुभयो । असोज २३ गतेबाट नगरपालिका सिल गरिएको थियो ।

तर पाटन नगरपालिका भित्र पछिल्लो समय कोरोनाका बिरामीहरु बढ्रदै गएका छन । सोमबार नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएकोमा मगंलबार पनी थप ६ जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाका संक्रमीतको संख्या ६९ पुगेको स्वास्थ्य संयोजक मदन सिह महराले जानकारी दिनुभयो । जसमध्ये १९ जना सक्रिय संक्रमीत रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.