झुलाघाटमा माेटरेबल पुल बन्नुकाे विकल्प छैन: मन्त्री भण्डारी

सुरेश महरा बैतडी:उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले नेपाल-भारत सीमानाका बैतडीको झुलाघाटमा माेटरेबल पुल बन्नुकाे विकल्प नरहेकाे बताउनुभएको छ।

गृह जिल्ला बैतडीको पुर्चाैडीमा आजदेखि सुरू भएको १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हाे।

उहाँले भन्नुभयाे,”झुलाघाट पुल सुदूरपश्चिमकै सामरिक महत्त्वकाे विषय भएकोले याे बन्नुकाे विकल्प छैन्।”

भारत भ्रमणको बेला झुलाघाटमा पुल बनाउने विषयमा सरकारले पटकपटक कुरा गरेकाे बताउदै मन्त्री भण्डारीले दुई देशकाे सहमति आवश्यक पर्ने भएकोले ढिलाइ भएकाे बताउनुभयाे।

उहाँले भन्नुभयाे,” भारत भ्रमणका बेला झुलाघाटमा पुल बनाउने विषयमा छलफल हुने गरेकाे छ। पञ्चेश्वर परियाेजनाकाे प्रभावित क्षेत्र भनेर भारतले कम चासाे दिएकाे छ। पञ्चेश्वरले प्रभावित नहुने गरि अलि माथि पुल बनाउने गरि तयारी भइरहेकाे छ।”

सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्लाकाे मुख्य नाका झुलाघाटमा माेटरेबल पुल नहुँदा यहाँ नागरिकले सास्ती भाेग्दै आएका छन्।
यहाँ दशकाैं वर्ष पहिले बनेकाे जीर्ण झाेलुंगे पुलबाट आवतजावत हुने गरेकाे छ।

यस्तै अर्काे प्रसंगमा मन्त्री भण्डारीले अहिलेकाे सरकार राजनीतिक स्थायित्वका लागि बनेकाे दाबी गर्दै अपेक्षाकृत रूपमा विकास नभएपनि पहिलाकाे भन्दा सुधार भएकाे बताउनुभयो ।

यसका साथै पुजीबजार चलायमान बन्न नसकेकाे र आन्तरिक उत्पादन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयाे।

यसबीचमा उहाँले स्तरीय खेलमैदान बन्न नसकेकाले साेचेअनुसार खेलकुदका गतिविधि साेचेअनुसार सञ्चालन नभएका बताउनुभयो ।

यसअघि साेहि कार्यक्रममा बाेल्दै नेपाल क्रिकेट संघका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले झुलाघाटमा पुल निर्माण र खेल पुर्वाधारका विषयमा मन्त्री भण्डारीकाे ध्यानाकर्षण गराउनुभयाे।

पुर्चाैडीकाे कमल विशाल पार्क खेलमैदानमा आजदेखि सुरू भएकाे प्रतियोगितामा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

पुर्चाैडीमा पहिलाेपटक आयाेजना भएकाे प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहकाे सहभागीता रहेकाे छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.