मन्त्री भण्डारीद्वारा राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

सुरेश महरा बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ।
कमल विशाल पार्क खेलमैदानमा सुरू प्रतियोगिताकाे उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले गर्नुभएकाे छ।

उद्घाटन समाराेहमा मन्त्री भण्डारीसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, पुर्व संविधानसभा सदस्य नरेन्द्र कुँवर ,पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम, प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जाेशी,जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीलगायतकाे उपस्थिति रहेकाे थियाे।

जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे याे १५ औं संस्करण हो ।
दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे आयाेजना गरिएको हाे।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहहरुक सहभागिता रहेकाे जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताउनुभयो ।

स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययनरत १८ वर्षमुनीका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरू सञ्चालन भइरहेका जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकास्तरीय छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडी सहभागी हुन पाउने र एक खेलाडीले एक विधामा मात्र भाग लिन पाउने जनाएको छ ।

जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट हुनेछन् ।

गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.