बैतडीमा १५ औँ जिल्ला स्थरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा,

२०८२ बैशाख २, मंगलवार
सुरेश महरा बैतडी : बैतडीको पुर्चौडीमा सञ्चालन हुने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ।

बैशाख ३ गते (भोली) बाट बैशाख ५ गते सम्म पुर्चौडी नगरपालिकाको वडा नम्बर १ मा रहेको विशालपार्क खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले बताउनुभयो

रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी रहनुहुने छ ।

रनिङ शिल्ड उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पाल, प्रदेससभा सदस्य जानकी ऐर बम लगायत जिल्लाका पालिका प्रमुखहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीयका टिम तथा खेलाडीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । रनिङ शिल्डको लागि खेल मैदान तयार लगायतका आवश्यक तयारी परा भएको पुर्चाैडी नगरपालिका का नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिनु भएकाे हाे ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पुर्चौडी नगरपालिकाको सह–आयोजनामा सञ्चालन हुने जिल्ला स्तरीय प्रतियोगितामा ४ विधामा खेल सञ्चालन हुने छ ।
प्रतियोगितामा छात्र छात्रा भलिबल तथा कबड्डी, छात्र छात्रा एथ्लेटिक्स र मार्सल आर्टमा करातेका खेलहरु भाेलि विहान ६ बजे देखि सञ्चालन हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।

गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.