सुदूरपश्चिममा बिसु पर्व सुर्नया ४ मा मेला

२०८२ बैशाख १, सोमबार
सुरेश महरा बैतडी – नयाँ वर्ष सुरु भएकै दिन सुदूरपश्चिम प्रदेशमा बिसु पर्व मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ

हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ ।

बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ ।

वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ ।

देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ । आज बैतडीको सुर्नया ४ सन्सेरीमान्डाै मा मेला लाग्ने  मन्दिरमा पुजा पाठ हुने शिक्षक भान बहादुर महराले जानकारी दिनु भयाे हरेक नयाँ बर्षमा बिसु पर्व काे रुपमा मेला लाग्ने गरेकाे महराले बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.