बैतडीः बर्षातका कारण अबरुद्ध सडकहरु सञ्चालनमा आउदै
जनक साउद–असोज २७/ बर्षातका कारण अबरुद्ध भएका बैतडीका बिभिन्न ग्रामीण कच्ची सडकहरु सञ्चालनमा आएका छन । ग्रामीण भेगका कच्ची सडकहरु बर्षातका कारण बन्द भएकोमा अहिले स्थानिय तहहरुको पहलमा सञ्चालनमा आएका हुन । जिल्लाका दर्जन बढी सडकहरु असारबाट अबरुद्ध भएकोमा अहिले सञ्चालनमा आए पछि नागरिकहरुलाई सहज भएको छ । जिल्लाको पाटन नगरपालिका भित्रका अधिकासं सडकहरु सञ्चालनमा आएको नगरपालिकाका प्रबक्ता लोकेन्द्र भण्डारीले बताउनुभयो । वडा ७ नम्बर भित्रका सम्पुर्ण सडकहरु नगरपालिकाले प्राबिधिकहरु पठाएर पन्छए पछि सञ्चालनमा रहेको बताँउदै उहाँले अन्य वडाहरुमा पनी अबरुद्ध सडकहरु पन्छ्याउने काम भईरहेकोले दशै अगाडी नै सञ्चालनमा आउने जानकारी दिनुभयो । जिल्लाका सिगास गाउँपालिका बिभिन्न ग्रामीण सडकहरु अहिले सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको पहलमा देउलेक –शिबलिगं–भौनेलीमाण्डौ र दुदिलाखान–गाजंरी–कर्जेनेटा सञ्चालनमा आएर यातायातका साधनहरु सञ्चालनमा रहेको गाउँपालिकाका प्रबक्ता राम सिहँ धामीले जानकारी दिनुभएको छ । यस्तै ढुंगाड–गर्जे सडकमा पनी बिभिन्न ठाउँहरु सफाई तथा मर्मतको काम भईरहेको धामीले बताउनुभयो । दशै अगाबै गाउँपालिका भित्रका अन्य अबरुद्ध सडकहरु पनी सञ्चालनमा आउने बताईएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनी अबरुद्ध सडकहरु सञ्चालनमा आएका छन । बर्षातका कारण अबरुद्ध भएको सिल्लेगाडा–रिम सडकखण्डमा गाउँपालिकाले डोजर पठाएर बिभिन्न खाल्डाखुल्डी पुरेर र पहिरोहरु पन्छ्याए पछि अहिले सञ्चालनमा आएको गाउँपालिकाका प्रबक्ता लक्ष्मी जोशीले जानकारी दिनुभएको छ । यस्तै दशरथचन्द नगरपालिका, पुचौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकामा पनी अबरुद्ध ग्रामीण सडकहरु सञ्चालनमा आएका छन ।