बझाङमा चट्याङ लागेर एकको मृत्यु

सुरेश महरा चैत्र २८ बझाङः बझाङमा चट्याङ लागेर एकजनाको निधन भएको छ।

बुधवार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौलि देवि बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। धौलि देबि बोहराको हिजो साझ भान्सामा खाना पकाउने क्रममा चट्याङ परेर निधन भएको बित्थडचिर गाउँपालिका ३ का वडा अध्यक्ष गणेश ब, बाेहराले जानकारी दिनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.